१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ८ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ ८ सोमबार ११:२o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनएमबि लघुवित्तको दुईदिने कार्यशाला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ ८ सोमबार ११:२o:oo

एनएमबि लघुवित्त वित्तीय संस्थाले प्रदेशस्तरीय दुईदिने बजेट योजना तथा व्यावसायिक रणनीतिक कार्यशाला आयोजना गरेको छ । लघुवित्तले आव ०८०/८१ का लागि संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी, सबै विभागीय प्रमुखहरू तथा विभागमा आबद्ध कर्मचारीहरू, सातवटै प्रदेशका प्रादेशिक प्रमुख र प्रादेशिक कार्यालयअन्तगर्तका क्षेत्रीय स्टेसनमा कार्यरत क्षेत्रीय प्रबन्धकहरू गरी ४५ जनाको सहभागितामा कार्यशाला गरेको हो ।  

कार्यक्रम उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले दुईदिने कार्यशालाको उद्देश्य र महत्वबारे जानकारी गराएका थिए । कार्यशालामा सातवटै प्रादेशिक कार्यालय र त्यसअन्तगर्तका क्षेत्रीय स्टेसनहरूको लक्ष्य–प्रगति, भावी योजना, अनुभव आदान–प्रदान, आर्थिक वर्ष ०७९/०८ असार मसान्तको प्रोजेक्सन र आगामी आर्थिक वर्ष ०८०/८१ को रणनीति तथा लक्ष्य निर्धारणजस्ता विषयमा प्रशिक्षण दिएको लघुवित्तले जनाएको छ ।

त्यस्तै, शाखा व्यवस्थापन, शाखा सञ्चालन व्यवस्थापनमा प्रादेशिक प्रमुख, क्षेत्रीय प्रबन्धकको भूमिका, शाखा अनुगमन, व्यावसायिक रणनीति–कृषिमा आधारित नयाँ कर्जा प्रोडक्टसम्बन्धी विषय, ग्राहक पहिचान तथा बचत खाता व्यवस्थापन, भाखा नाघेको कर्जा व्यवस्थापन, जनशक्ति व्यवस्थापन, लघुवित्त सञ्चालनका क्रममा आइपरेका समस्याको समाधान, कर्जा लगानी व्यवस्थापन, इन्टरनल कन्ट्रोल एन्ड अडिट सिस्टम, निरीक्षणका क्रममा देखिएका कैफियतहरू र ग्राहक सदस्यहरूसँग गर्ने व्यावसायिक व्यवहार र सम्बन्धलगायत समसामयिक विषयवस्तुमा विभागीय प्रमुखले प्रशिक्षण दिएको जनाइएको छ । नायब प्रमुख कार्यकारी अधिकृत जैशीले नियामक निकायवाट जारी निर्देशन, भावी योजना रणनीति तथा अन्य समसामयिक विषयमा उत्प्रेरित गदै कर्मचारीलाई मार्गनिर्देशन गरेको संस्थाले जनाएको छ ।