Skip This
यार्सा संकलनका क्रममा हिउँ पहिरोमा  बेपत्ता दुईजनाको शव फेला
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार o८:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

यार्सा संकलनका क्रममा हिउँ पहिरोमा  बेपत्ता दुईजनाको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:४९:oo

यार्सा संकलनकाे क्रममा बझाङमा हिउँ पहिरोमा परि बेपत्ता भएका दुईजनाको शव फेला परेको छ।आइतबार हिउँ पहिरोमा परी यार्सागुम्बा संकलन गर्न लागेका जयपृथ्वी नगरपालिका ११ घर भएका वर्ष  १८का रमिता धामी र वर्ष १४ का जामती धामी बेपत्ता भएका थिए।

हिजोदेखि हिउँ पहिरोमा परी बेपत्ता भएका उनीहरूको शव साेमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए।

यार्सा संकलन गर्ने क्रममा आइतबार सुर्मा गाउँपालिका २ को धनसेरा भन्ने लेकमा हिउँ पहिरोमा परी सुर्मा गाउँपालिका ३ का ३८ वर्षीया रामकोइलादेवी बोहराको हिजो नै शव फेला परिसकेको र आज फेरि बेपत्ता भएका दुईजनाको शव फेला परेको डिएसपी भण्डारीको भनाइ छ।

सोमबारसम्म हिउँ पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ। हिउँ पहिरोमा परेर सुर्मा गाउँपालिका ३ का ४० वर्षीय बाबजी बोहरा, जयपृथ्वी नगरपालिका ११ घर भएका १४ वर्षीय आकाश धामी घाइते भएका छ्न्।बझाङमा बर्सेनि यार्सा संकलन गर्दैगर्दा  हिउँ पहिरो तथा भिरबाट खसेर धेरैले ज्यान गुमाउनुपरेको छ।

ad
ad