मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० जेठ ७ आइतबार ०६:५९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

रेसुंगा क्षेत्रको आगो नियन्त्रण बाहिर

Read Time : < 1 मिनेट
२०८० जेठ ७ आइतबार ०६:५९:००

गुल्मीको सदरमुकाम तम्घास नजिकै  रेसुंगा क्षेत्रमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । शुक्रबार दिउँसोबाट सुरु भएको आगो शनिबार दिउँसो केहीबेर नियन्त्रणमा आए पनि फेरि सुरु भएको थियो । राति भएपछि आगो झन् भीषण बन्दै गएको छ ।

सुरक्षाकर्मीको टोलीले आगो खानीगाउँ र छापटोला क्षेत्रमा आउन नदिन अग्निरेखा बनाइरहेको छ । नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, डिभिजन वन तथा स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । सल्लेरी क्षेत्र भएकाले आगो नियन्त्रण बाहिर रहेको उनको भनाइ छ । साँझपख फेरि आगो फैलिएको गैरैले बताए । 

तीन हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको धार्मिक तथा ऐतिहासिक रेसुंगा क्षेत्रको अधिकांश भू–भाग लगभग प्रत्येक वर्ष डढेलोको चपेटामा ध्वस्त भएको हुने गरेको छ ।