१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ ६ शनिबार ०६:०१:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रास्वपाले गृहमन्त्रीलाई बुझायो भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ ६ शनिबार ०६:०१:००

नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्पmबाट सांसद सुमना श्रेष्ठले संसद्मा दर्ता गरेको भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाइएको छ । सभापति रवि लामिछानेसहितका सांसद शुक्रबार मन्त्रालय पुगेर नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गरेका छन् ।

‘हाम्रो पार्टीको एजेन्डा भनेकै भ्रष्टाचारी र बेथितिको अन्त्य हो,’ प्रस्ताव बुझाउँदै लामिछानेले भने, ‘भ्रष्टाचारको फाइल खोलिनु सुखद हो । अहिले भइरहेको छानबिन निष्पक्ष होस् । यस विषयमा हाम्रो पार्टीले संसद्मा संकल्प प्रस्तावसमेत दर्ता गरिसकेको छ । त्यसमा सहयोग गरिदिनुहुनेछ भन्ने अपेक्षा छ ।’

जवाफमा गृहमन्त्री श्रेष्ठले छानबिन निष्पक्ष हुनेमा ढुक्क रहन आश्वासन दिए । ‘दबाब र प्रभावभन्दा बाहिर आएर मैले काम गर्ने वातावरण सिर्जना गरिसकेको छु,’ उनले भने, ‘भ्रष्टाचार अन्त्य हुनुपर्छ भन्नेमा म आफैँ प्रस्ट छु । नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष रूपमा छानबिन अघि बढाएका छौँ । यो निष्पक्ष नै हुन्छ । ढुक्क हुनुस् ।’