१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ४ बिहीबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ४ बिहीबार १८:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

१०औँ संस्करणको ‘डिएसए स्टार’ सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ४ बिहीबार १८:४o:oo

परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको ‘डिएसए स्टार २०२३’ सिजन १० मा दिव्य नेपाली ‘मिनी डिएसए डान्सिङ स्टार’, बाटिका बिजुक्छे ‘जुनियर डान्सिङ स्टार’, आस्नी शाही ‘जुनियर सिङ्गिङ स्टार’, शिखा बराइली ‘प्री–टिन डान्सिङ स्टार’ र लोयाङ शेर्पा ‘प्री–टिन सिङगिङ स्टार’ घोषित भएका छन्।

प्रतियोगितामा ‘मिनी डिएसए डान्सिङ स्टार’को फस्ट रनरअप हन्नाह राई भए। ‘जुनियर डान्सिङ स्टार’तर्फ सृष्टि खड्गी फस्ट रनरअप, कृतिका भण्डारी सेकेन्ड रनरअप, श्रेया लामा थर्ड रनरअप, शिवालिका मिश्र फोर्थ रनरअप, अनिशा खड्का फिफ्थ रनरअप र सिम्रन राई सिक्थ रनरअप भए।

त्यस्तै, ‘जुनियर सिङगिङ स्टार’तर्फ टासी डोमा शेर्पा फस्ट रनरअप भइन्। ‘प्री–टिन डान्सिङ स्टार’तर्फ रेजिना कार्की फस्ट रनरअप, नवाङ छोकी तामाङ सेकेन्ड रनरअप, रुप्सा भट्टराई थर्ड रनरअप, सोनाम चोमु चुम्बा तामाङ फोर्थ रनरअप, निरज शर्मा फिफ्थ रनरअप र आकृति भट्टराई सिक्स्थ रनरअप घोषित भए।

‘प्री–टिन सिङगिङ स्टार’तर्फ श्रेया सुनार फस्ट रनरअप, नेविन दाहाल सेकेन्ड रनरअप र तेन्जी डोमा लामा थर्ड रनरअप भए। प्रतियोगितामा शर्मिका लुइँटेल ‘एक्टिर स्टार’ घोषित भइन्। प्रतियोगितामा आरती श्रेष्ठ, दशरथ सुनार, विनय कार्की र मनोज आचार्य निर्णायक थिए। आयोजकका अनुसार प्रतियोगिताका विजेतालाई म्युजिक भिडियो र सन् २०२४ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गराइनेछ।

ad
ad
ad
ad