मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ ३ बुधबार ११:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशको परिस्थिति चिन्ताजनक छ : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ ३ बुधबार ११:३१:००

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताएका छन् । बुधबार काठमाडौंमा मदन-आश्रितको ३१औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले  अहिलेको सत्तागठबन्धन सत्तामा मात्रै सीमित रहेको उल्लेख गरे । उनले  अहिलेको सत्तागठबन्धनले राजनीतिलाई हलुका रूपमा लिइरहेको बताए। उनले नेपाली कांग्रेसलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने स्थितिमा पुगेको बताए। उनले कांग्रेस  किंकर्तव्यविमुढ  भएको आरोप लगाए ।

उनले अहिलेको गठबन्धन सत्ता र सरकार प्राप्त गर्न मात्रै गरिएको गठबन्धन भएको बताए। अध्यक्ष ओलीले वर्तमान गठबन्धन नीति, कार्यक्रम, उद्देश्यविहीन गठबन्धन भएको बताए । 

अध्यक्ष ओलीले राजनीति भयावह अवस्थाबाट गुज्रिरहेको बताए । उनले अहिलेको सत्तागठबन्धन टिक्छ कि जान्छ भन्नेमा मात्रै सीमित रहेको दाबी गरे ।