१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ३ बुधबार
  • Friday, 09 May, 2025
२o८o जेठ ३ बुधबार o६:५o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

शीर्ष स्थानमा चर्च ब्वाइजको दुई अंकको अग्रता

सातदोबाटो युथ क्लबलाई १–० को झिनो अन्तरले हराएपछि चर्च ब्वाइजको दोस्रो स्थानमा रहेको जावलाखेलमाथि दुई अंकको अग्रता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ३ बुधबार o६:५o:oo

नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा दुई अंकको अग्रता लिएको छ । दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले सातदोबाटो युथ क्लबलाई १–० को झिनो अन्तरले हराउँदै शीर्ष स्थानमा केवल दुई अंकको अग्रता लिएको हो । चर्च ब्वाइजले १८ खेलबाट ३३ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको जावलाखेलले समान खेलबाट ३१ अंक बटुलेको छ । 

पहिलोपटक माथिल्लो डिभिजन लिग खेलिरहेको चर्च ब्वाइजले १८ खेलमा नौ जित र ६ बराबरी नतिजा निकालेको छ । चर्च ब्वाइज तीन खेलमा मात्र पराजित भएको छ । यसैगरी, दोस्रो स्थानमा रहेको जावलाखेलले १८ खेलमा नौ जित र चार बराबरी सामना गरेको छ । जावलाखेलले पाँच खेलमा अंक गुमाएको थियो । 

लिगको तेस्रो स्थानमा दुईपटकको साबिक विजेता मच्छिन्द्र क्लब रहेको छ । मच्छिन्द्रले १८ खेलबाट ३० अंक जोडेको छ । मच्छिन्द्रले आठ जित, ६ बराबरी र चार खेलमा हारको सामना गरेको छ । मच्छिन्द्र र चर्च ब्वाइजबीच तीन अंकको दूरी रहेको छ । 

सुभाषको निर्णायक गोल
दशरथ रंगशालामा चर्च ब्वाइज र सातदोबाटोबीचको खेल प्रतिस्पर्धात्मक भयो । खेलको पहिलो हाफमा दुवै क्लबले गोलरहित बराबरी खेलेका थिए । खेलको ६३औँ मिनेटमा सुभाष गुरुङले चर्च ब्वाइजलाई १–० को अग्रता दिलाए । सातदोबाटोका खेलाडीले डिबक्सभित्र राम्रोसँग बललाई क्लियर गर्न नसकेको फाइदामा गुरुङले सहजै गोल गरे । खेलमा थप गोल भएन । उनकै गोलमा चर्च ब्वाइजले महत्वपूर्ण तीन अंक हात पार्‍यो । सातदोबाटो २६ अंकका साथ पाँचौँ स्थानमा रह्यो ।

तनाव कम गर्दै पुलिस
नेपाल पुलिस क्लबले रेलिगेसन क्षेत्रको तनाव कम पार्दै छ । लिगअन्तर्गत मंगलबार भएको विभागीय डर्बीमा पुलिसले नेपाल एपिएफलाई १–० ले हराएको छ । च्यासल मैदानमा महत्वपूर्ण तीन अंक बटुलेको पुलिसले रेलिगेसन तनाव थप कम गरेको छ । पुलिसले २२ अंक जोडेको छ । एपिएफको पनि समान २२ अंक छ । पुलिस पहिलो लेगमा एपिएफसँग २–० ले पराजित भएको थियो । पुलिस १०औँ स्थानमा उक्लेको छ । एपिएफ ११औँ स्थानमा छ । रेलिगेसन क्षेत्रमा फ्रेन्ड्स र खुमलटार रहेका छन् ।