१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १९:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मुकेश कायस्थलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:४२:oo

सरकारले मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। 

‘जिउँदो सहिद’को उपनामले परिचित मुकेशको ३२ वर्षको उमेरमा गत बुधबार निधन भएको थियो। ०६२-६३ को जनआन्दोलनको क्रममा १४ वर्षको उमेरमा टाउकोमा गोली लागेका मुकेशले १७ वर्षसम्म ओछ्यानमा मृत्युसँग संघर्ष गरेका थिए। 

सरकारले गत बिहीबार उनको अन्त्येष्टिमा राष्ट्रिय सम्मान दिएको थियो। आजको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लोकतान्त्रिक आन्दोलनमा उनको योगदानको कदर गर्दै सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको जानकारी दिइन्।

ad
ad