Skip This
मेयर साम्पाङको अभिव्यक्तिविरुद्ध सुनसरीका पत्रकारले निकाले मौन जुलुस
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १ सोमबार
  • Saturday, 27 July, 2024
२o८o जेठ १ सोमबार १७:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेयर साम्पाङको अभिव्यक्तिविरुद्ध सुनसरीका पत्रकारले निकाले मौन जुलुस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १ सोमबार १७:१o:oo

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति दिएको भन्दै सुनसरीका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन्।

साम्पाङले सामाजिक सञ्जालमा पत्रकार तथा सञ्चारकर्मीमाथि प्रयोग गरेका अमर्यादित भाषा र दुर्व्यवहारपूर्ण अभिव्यक्तिका कारण नेपाल पत्रकार महासंघ सुनसरीको नेतृत्वमा पत्रकारहरू आन्दोलनमा उत्रिएका हुन्। चार दिनदेखि जारी आन्दोलनको क्रममा सोमबार धरानको भानुचोकदेखि उपमहानगरको कार्यालय परिसरसम्म मौन जुलुस गरिएको छ।

जुलुसमा पत्रकारहरूले ‘स्वतन्त्रतापूर्वक लेख्न र बोल्न देऊ’, ‘प्रेस स्वतन्त्रतालाई सम्मान गर’, ‘तिमी शासक कि जनप्रतिनिधि?’ ‘हामी यसको जवाफ पाउँछौँ कि?’ ‘प्रेस स्वतन्त्रताको रक्षा गर’लगायतका नारासहितको प्लेकार्ड प्रदर्शन गरे। जुलुसमा धरानका राजनीतिक दल, अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिले समेत ऐक्यबद्धता जनाएका छन्।

प्रेस अभिव्यक्ति र स्वतन्त्रताको रक्षा गर्न माग गर्दै आन्दोलनको पहिलो दिन प्रेस विज्ञप्ति जारी, दोस्रो दिन जिल्ला प्रशासनमार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका पत्रकारहरूले तेस्रो दिन सञ्चारमाध्यममा स्वतन्त्रतापूर्वक लेख्न, र बोल्न दिन माग गर्दै विभिन्न नारा प्रकाशित गरेका थिए।