धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति दिएको भन्दै सुनसरीका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन्।
साम्पाङले सामाजिक सञ्जालमा पत्रकार तथा सञ्चारकर्मीमाथि प्रयोग गरेका अमर्यादित भाषा र दुर्व्यवहारपूर्ण अभिव्यक्तिका कारण नेपाल पत्रकार महासंघ सुनसरीको नेतृत्वमा पत्रकारहरू आन्दोलनमा उत्रिएका हुन्। चार दिनदेखि जारी आन्दोलनको क्रममा सोमबार धरानको भानुचोकदेखि उपमहानगरको कार्यालय परिसरसम्म मौन जुलुस गरिएको छ।.jpg'_'.2023-05-15.jpg)
जुलुसमा पत्रकारहरूले ‘स्वतन्त्रतापूर्वक लेख्न र बोल्न देऊ’, ‘प्रेस स्वतन्त्रतालाई सम्मान गर’, ‘तिमी शासक कि जनप्रतिनिधि?’ ‘हामी यसको जवाफ पाउँछौँ कि?’ ‘प्रेस स्वतन्त्रताको रक्षा गर’लगायतका नारासहितको प्लेकार्ड प्रदर्शन गरे। जुलुसमा धरानका राजनीतिक दल, अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिले समेत ऐक्यबद्धता जनाएका छन्।.jpg'_'.2023-05-15.jpg)
प्रेस अभिव्यक्ति र स्वतन्त्रताको रक्षा गर्न माग गर्दै आन्दोलनको पहिलो दिन प्रेस विज्ञप्ति जारी, दोस्रो दिन जिल्ला प्रशासनमार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका पत्रकारहरूले तेस्रो दिन सञ्चारमाध्यममा स्वतन्त्रतापूर्वक लेख्न, र बोल्न दिन माग गर्दै विभिन्न नारा प्रकाशित गरेका थिए।.jpg'_'.2023-05-15.jpg)