१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १ सोमबार १६:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १ सोमबार १६:o१:oo

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले तीन दिन हिरासतमा राख्न अनुमति पाएको छ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। पक्राउ पुर्जी जारी भएको ११औँ दिनमा रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंबाट पक्राउ गरेको थियो।