१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १ सोमबार
  • Sunday, 11 May, 2025
२o८o जेठ १ सोमबार o८:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निकुञ्जमा निगुरो टिप्न गएका बोटेदम्पतीको नारायणी नदीमा डुबेर निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १ सोमबार o८:१२:oo

नारायणी नदीपारि चितवन राष्ट्रिय निकुञ्जमा निगुरो टिप्न गएका ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती ४५ वर्षीया बगरी बोटेको  नारायणी नदीमा डुबेर निधन भएको छ । 

नवलपुरको मध्यविन्दु– २ कोल्हुवानिवासी बोटेदम्पतीको नारायणी नदीमा डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए । 

मध्यविन्दु– २ नन्दपुरबाट नारायणी निकुञ्जपारि आइतबार साँझ निगुरो टिप्न गएका बोटेदम्पती नदीमा डुबेर बेपत्ता भएका थिए। श्रीमती बगरी बोटेको शव साँझ नै प्रहरीको  टोलीले मृत अवस्थामा उद्धार गरेको थियो भने श्रीमान् सोमबहादुर बोटेको शव  राति सवा ८ बजे फेला परेको थियो ।

मृतक दम्पतीको शव पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ । जीविकोपार्जनका लागि निकुञ्जमा निगुरो टिप्न, नारायणी नदीमा माछा मार्न जाने यहाँका बोटे, माझी, मुसहर, थारूलगायतका समुदायका व्यक्ति  बर्सेनि ज्यान गुमाउन बाध्य छन् ।