
सनराइज बैंकले आफ्ना ग्राहकलाई स्वास्थ्य क्षेत्रमा विभिन्न छुट दिलाउने उद्देश्यले काठमाडौंको विशालनगरमा रहेको अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग सम्झौता गरेको छ ।
आफ्ना ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेस्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिलाउँदै आएको बैंकले अरोगिन हेल्थकेयरमा पनि छुट दिलाउने सम्झौता गरेको हो ।
सम्झौताअनुसार बैंकका ग्राहकले यस बैंकको क्रेडिट, डेबिट कार्ड, क्युआर वा मोबाइल बैंकिङमार्फत अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रका विभिन्न सेवा तथा उपचार सुविधाको भुक्तानी गर्दा ४५ प्रतिशतसम्मको छुट पाउन सक्ने जनाइएको छ । सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अरोगिन हेल्थकेयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।