मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
२०८० बैशाख २९ शुक्रबार १०:५६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

रातो मत्स्येन्द्रनाथको भोटोजात्रा ११ जेठमा देखाइने

Read Time : < 1 मिनेट
२०८० बैशाख २९ शुक्रबार १०:५६:००

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ लगनखेल हुँदै जावलाखेल पुर्‍याउने र भोटोजात्राको साइत तय भएको छ । स्थानीयवासी, गुठी संस्थान ललितपुर शाखा र मत्स्येन्द्रनाथ रथका पुजारीले बिहीबार साइत जुराएका हुन् । 

हाल रथ लगनखेलस्थित थतिटोलमा छ । त्यहाँ विभिन्न ठाउँबाट आएर दर्शनार्थीले रथमा पूजाआजा गर्छन् । ८ जेठमा रथलाई कुमारीपाटी हुँदै जावलाखेलसम्म पुर्‍याइनेछ । त्यहाँ पुर्‍याएको तीन दिनपछि भोटो देखाउने चलन छ । सोहीअनुसार ११ जेठमा भोटो देखाइने गुठी संस्थान ललितपुर शाखाले जनाएको छ ।

उक्त दिन सरकारले सार्वजनिक बिदा दिने चलन पनि छ । राष्ट्रप्रमुख तथा राष्ट्राध्यक्षलाई गुठी संस्थान शाखा प्रमुखले मत्स्येन्द्रनाथको भोटो देखाउनेछन् । त्यसलगत्तै यो वर्षको मत्स्येन्द्रनाथ रथजात्रा समापन हुनेछ । मत्स्येन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङमतीमा राख्ने चलन छ ।