१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २८ बिहीबार
  • Friday, 09 May, 2025
२o८o बैशाख २८ बिहीबार १३:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भन्सार छलेर ल्याएको पौने ७३ लाखको औषधि बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २८ बिहीबार १३:o१:oo

सिराहाको लहान नगरपालिका– १ बाट प्रहरीले भन्सार छलेर चोरी पैठारी गरी भित्र्याएको करिब पौने ७३ लाख रुपैयाँ मूल्यबराबरको आयुर्वेदिक औषधिहरू बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार लहान– ६ घर भई लहान– १ बस्ने रवीन्द्रकुमार साहको घरमा विभिन्न नाका हुँदै भन्सार छलेर भारतबाट भित्र्याइएका आयुर्वेदिक औषधिहरू राखिएको गोप्य सूचनाको आधारमा जिल्ला तथा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार अपराह्न बरामद गरेको हो।

प्रहरी टोलीले साह बस्दै आएको घरको बरन्डामा राखिएको विभिन्न स्वादका म्यांगाे हर्ब्स ७७ कार्टुन, बुस्ट क्याप्सुल, लाइसोटोन, एसिकाल्म, बेक्टो, रुन्दती, फेरक्स आइरन, लाइसोटोन क्याप्सुलसहित ७४०४ प्याकेट, ७२ बोतल एसिकाल्म तथा प्रोटिन चकलेट २७ बट्टा बरामद भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए।

उनका अनुसार बरामद गरिएका औषधिहरू लहान प्रहरीमा ल्याई आवश्यक कारबाहीका लागि ठाडी भन्सारमा बुझाइएको छ।