१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २७ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २७ बुधबार १७:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भ्रष्टाचारविरुद्धको अभियान रोकिँदैन, सरकार पनि ढल्दैन : मन्त्री किराँती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २७ बुधबार १७:२५:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार नढल्ने बताएका छन्। 

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री किराँतीले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार नढल्ने बताएका हुन्। 

उनले सरकारले भ्रष्टाचारविरुद्धको अभियान सुरु गरेको भन्दै यो अभियान नरोकिने स्पष्ट पारे। उनले भ्रष्टाचारविरुद्धको अभियानलाई पूर्णविराम लगाउनेउपर प्रश्न उठ्ने भन्दै सरकारले दूधको दूध पानीको पानी भएर आफ्नो भूमिका देखाउने बताए। 
 
उनले भने, ‘भ्रष्टाचारविरुद्धको अभियान राज्यले सुरु गरेको छ। आजको नेपाली जनताको शत्रु भनेको भ्रष्टाचार र गरिबी हो । मलाई लाग्छ, यो अभियान रोकिँदैन र रोकिनुहुँदैन । भ्रष्टाचारविरुद्धको यो अभियान रोकेर रोकिँदैन । जसले पूर्णविराम लगाउँछ, त्योमाथि पनि प्रश्न उठ्छ । जसले लगाउन खोज्छ त्योमाथि पनि प्रश्न उठ्छ । जनताका अगाडि दूधको दूध पानीको पानी हामीले हाम्रो भूमिका देखाउनुपर्छ । सरकार डगमगाउनुहुँदैन। मलाई लाग्छ सरकार ढल्दैन।’ 

मन्त्री किराँतीले पशुपतिमा निःशुल्क शव जलाउने प्रक्रिया अगाडि बढाएकोसमेत जानकारी गराए।