
हिमालयन बैंक लिमिटेडले न्युरोडको संकटा क्लबलाई प्रायोजन गरेको छ । बैंकले सहिद स्मारक ‘ए’ डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको संकटा क्लबलाई १० लाख रुपैयाँ प्रदान गरी प्रायोजन गरेको हो ।
बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले १० लाख रुपैयाँको चेक क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई हस्तान्तरण गरेको जनाइएको छ । समारोहमा नायब प्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारीलगायत अन्य वरिष्ठ पदाधिकारीहरूसहित वडा नं २२ का वडा अध्यक्ष चिनिकाजी महर्जनलगायत क्लबका अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको बैंकले जनाएको छ ।
बैंकले उक्त रकम खेलाडीहरूको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सरसामान खरिद गर्न क्लबलाई मद्दतस्वरूप प्रदान गरेको जनाएको छ । विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरूको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको बैंकको भनाइ छ ।