
एभरेष्ट बैंक लिमिटेडले पश्चिम नवलपरासीको बर्दघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमका जिल्ल्ला सभापति केशवप्रसाद भण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
नयाँ शाखाको उद्घाटन गर्दै महासंघका केन्द्रीय सदस्य भण्डारीले बर्दघाटमा एभरेष्ट बैंकको आगमनले सर्वसाधारणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बर्दघाट र सोआसपासका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरे । एभरेष्ट बैंक र पन्जाब नेसनल बैंक भारतसँगको साझेदारीले गर्दा स्थानीय बासिन्दा र पूर्वभारतीय गोर्खा सैनिकले पेन्सन तथा अन्य बैंकिङ सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने उनको भनाइ थियो ।
यससँगै लुम्बिनी प्रदेशमा बैंकको शाखा संख्या २२ पुगको जनाइएको छ । बैंकले हाल देशभरमा एक सय २५ शाखा, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय तथा एक सय ६० एटिएमका साथै ३२ राजस्व संकलन केन्द्रमार्फत सेवा दिँदै आएको जनाएको छ ।