१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०८० बैशाख २६ मंगलबार ११:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाजरकोटमा परीक्षाको चिट चोराउने भन्दै विद्यार्थीबाट पैसा उठाइयो 

Read Time : < 1 मिनेट
२०८० बैशाख २६ मंगलबार ११:२१:००

जाजरकोटको कुशे गाउँपालिकास्थित लक्ष्मी माध्यमिक विद्यालय परीक्षा केन्द्र र जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा विद्यार्थीलाई चिट चोराउन सजिलो हुन्छ भनेर विद्यार्थीबाट पैसा असुल गरिएको छ । विद्यार्थीबाट पैसा उठाएर केन्द्राध्यक्ष र सुरक्षामा खटिएका प्रहरीलाई पैसा घुस खुवाएर चिट चोराउने भन्दै विद्यार्थीबाट पैसा असुल गरिएको हो । 

आजबाट सुरु भएको कक्षा १२ को प्राविधिक र सामान्यतर्फबाट विद्यार्थीबाट पैसा असुल गरिएको हो । कक्षा १२ को प्राविधिक र सामान्यतर्फबाट विद्यार्थीबाट पैसा असुल गरिएको छ । जनता माविका दुई सयजना विद्यार्थीबाट प्रवेशपत्र दिँदा प्रतिविद्यार्थी एक हजार, थर्पु माविमा ३९ जना विद्यार्थीबाट प्रतिविद्यार्थी दुई हजार पाँच सय र लक्ष्मी प्राप्ति माध्यमिक विद्यालयका एक सय ९५ जना विद्यार्थीबाट प्रति विद्यार्थी एक हजारका दरले रकम असुल गरिएको छ ।

लक्ष्मी प्राप्ति माध्यमिक विद्यालयका लेखापाल दलबहादुर सिंह र जनता माध्यमिक विद्यालयका लेखापाल दीपेन्द्र आरसीले पैसा लगेको नाम नबताउने सर्तमा एक विद्यार्थीले जानकारी दिए । विद्यार्थीबाट प्रवेश शुल्कबापतको उठाएको रकमबाट केन्द्राध्यक्षलाई ५० हजार रकम बुझाउने सर्त राखिएको एक विद्यार्थीले जानकारी दिए । 

कक्षा १२ को परीक्षाभन्दा अगाडि नै विद्यार्थीले परीक्षाको बोर्डको खातामा पैसा जम्मा गरिसकेका हुन्छन् । लेखापालद्वय सिंह र आरसीले परीक्षाको अघिल्लो दिन (हिजो) आइतबार पैसा असुल गरेका हुन् । थर्पु माध्यमिक विद्यालयका स्टाफ सन्त विकले आफूहरूले विद्यार्थीबाट पैसा लिएको स्वीकार गरे । ‘विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार परीक्षा व्यवस्थापनका लागि विद्यार्थीबाट दुई हजार पाँच सयका दरले रकम उठाएका हौँ,’ उनले भने, ‘यो काम हाम्रो होइन ।’