मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० बैशाख २६ मंगलबार १०:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदीय सुनुवाइ समितिकाे भागबन्डा टुंग्याउन तीन शीर्ष नेताको बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० बैशाख २६ मंगलबार १०:२५:००

संसदीय सुनुवाइ समितिको संख्या भागबन्डा टुंग्याउन बालुवाटारमा तीन शीर्ष नेताको बैठक जारी छ । हिजो संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेसँगै संसदीय सुनुवाइका लागि समिति गठन गर्न भागबन्डा टुंग्याउन लागिएको हो ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् । 

यसअघि शीर्ष तहमा कांग्रेस र एमालेले पाँच–पाँच, माओवादी दुई, रास्वपा, राप्रपा र जसपाले एक–एक सदस्य पाउने र सभापति कांग्रेसले लिने सहमति भएको थियो । एकीकृत समाजवादीलाई पनि समावेश गर्ने गरी बृहत्तर सहमतिको प्रयास शीर्ष तहमा हुने कानुनमन्त्री धनराज गुरुङले जानकारी दिए ।

सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट तीन गरी १५ सदस्य हुन्छन् । राष्ट्रिय सभाले तीनजनाकाे नाम दिइसकेको छ । यसका अलावा बैठकमा सदन सञ्चालनको विषयमा पनि छलफल भइरहेको छ ।