१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २६ मंगलबार ०६:४०:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सन्दीपको शल्यक्रिया सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २६ मंगलबार ०६:४०:००

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको सोमबार शल्यक्रिया सम्पन्न भएको छ । दुई वर्षदेखि छालाको समस्याबाट ग्रसित लामिछानेले चिकित्सकको सल्लाहअनुसारै शल्यक्रिया गरेका हुन् । पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय खेलमा व्यस्त रहँदा सन्दीपले शल्यक्रिया गर्न समय पाएका थिएनन् ।

तत्कालै नेपाली टोलीले कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता नजनाउने भएपछि ‘ब्रेक’ समयमा सन्दीपले शल्यक्रिया गराएका हुन् । सन्दीपलाई केही दिन आराम गर्न भनिएको छ । सम्भवतः सन्दीप मंगलबार नै अस्पतालबाट डिस्चार्ज हुन सक्छन् । 

सन्दीप दुई साताभित्र नै प्रशिक्षणमा फर्कन सक्छन् । शल्यक्रियापछि सन्दीपले सोसल मिडियाबाटै धन्यवाद दिएका छन् । ‘लामो प्रतिक्षापछि शल्यक्रिया सफल भएको छ, शुभकामनाका लागि सवैलाई धन्यवाद । चाँडै मैदानमा फर्कने आशा,’ सन्दीपले भनेका छन् । 

सन्दीपले राष्ट्रिय टोलीमा पुनरागमन गरेसँगै उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । नेपाल आइसिसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन सन्दीपको योगदान मुख्य मान्न सकिन्छ । यसैगरी, नेपाल २१ वर्षपछि एसिया कपमा स्थान बनाउन सन्दीप ब्याटिङ र बलिङमा चम्केका थिए । 

गत साता त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई हराउँदै आउने सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान पक्का गरेको थियो । एसिया कपमा नेपालले समूह ‘ए’मा पाकिस्तान र भारतविरुद्ध नेपालले प्रतिस्पर्धा गर्नेछ । एसिसी प्रिमियर कपमा सन्दीप सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । प्रतियोगिताको समूह ‘ए’मा सन्दीपले कतारविरुद्ध पाँच विकेट लिएका थिए ।