१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o६:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पुलिस र मनाङले अंक बाँडे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:३८:oo

सहिद स्मारक ए डिभिजन लिगको सोमबार १६औँ चरणमा नेपाल पुलिस र मनाङ मस्र्याङ्दीले अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मनाङ र पुलिसले २–२ गोलको बराबरी खेलेका हुन् । पहिलो लेगमा मनाङमाथि पुलिसले १–० को जित निकालेको थियो । पुलिस दोस्रो लेगमा मनाङमाथि हावी भएको थियो । पुलिस अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो । मनाङका रोशन रानामगर र साइदजमोलले एक–एक गोल गरे । 

पुलिसका लागि दुवै गोल लेबनानका अहमद हिजाजीले गरेका थिए । ‘पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयौँ,’ पुलिसका प्रशिक्षक चेतकुमार घिमिरेले भने । उनले लिगमा ३ वा ४ खेलमा नतिजा ल्याउँदै रेलिगेसनबाट उम्कने योजना रहेको बताए । ‘विदेशी खेलाडीको उपस्थितिमा राम्रो भएको छ । आगामी ३–४ खेल जितेपछि हामी मध्यक्रममा रहँदै लिग टुंग्याउनेछौँ,’ घिमिरेले भने । 

१६औँ खेलमा छैटौँ बराबरीसँगै मनाङ २० अंक जोडेर सातौँ स्थानमा छ । पुलिस समान खेलबाट चार जित र आठ बराबर नतिजा निकाल्दै १६ अंकका साथ पुछारमा छ । मनाङका प्रशिक्षक विष्णु गुरुङले अग्रता जोगाउन नसक्दा जितबाट टाढा रहेको बताए । ‘हामी कुनै समय २–१ को अग्रतामा थियौँ । यो जोगाउन सकेनौँ,’ उनले भने ।  

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसले सुरुवाती अग्रता लियो । खेलको १६औँ मिनेटमा हिजाजीले पुलिसलाई १–० को अग्रता दिलाए । खेलको ३३औँ मिनेटमा रोशनले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै मनाङलाई १–१ को बराबरीमा ल्याए । ४५औँ मिनेटमा साइदजमोलले मनाङलाई २–१ को अग्रता दिलाए । ७१औँ मिनेटमा रवि पासवानको पासमा हिजाजीले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–२ को बराबरीमा ल्याएका थिए । 

खुमलटारसँग फ्रेन्ड्सको बदला 
फ्रेन्ड्स क्लबले रेलिगेसन क्षेत्रमा रहेको खुमलटारमाथि बदला लिएको छ । पहिलो लेगमा बेहोरेको १–० हारको बदला लिँदै दोस्रो लेगमा फ्रेन्ड्सले खुमलटारलाई ३–१ ले हरायो । च्यासल मैदानमा फ्रेन्ड्सलाई जित दिलाउन राफिक अमिनुले दुई तथा सन्तोष खत्रीले एक गोल गरेका थिए । खुमलटारका लागि मेसुके ओलोमोउले एक गोल फर्काएका हुन् ।

जितसँगै फ्रेन्ड्स १६ खेलबाट १९ अंकसहित नवौँ स्थानमा उक्लिएको छ । खुमलटार समान खेलबाट १७ अंक जोड्दै १३औँ स्थानमा झरेको छ । खेलको चौथो मिनेटमा अमिनुको गोलमा फ्रेन्ड्सले अग्रता बनाएको थियो । १६औँ मिनेटमा अमिनुले फ्रेन्ड्सलाई २–० को स्थितिमा राखे । खेलको ६७औँ मिनेटमा मेसुकेले गोल गर्दा खुमलटार खेलमा २–१ को अवस्थामा थियो । ६८औँ मिनेटमा सन्तोषले गोल गरेपछि फ्रेन्ड्स सहज जित निकाल्न सफल भयो । 
 

ad
ad