मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २२ शुक्रबार
  • Wednesday, 08 January, 2025
२o८o बैशाख २२ शुक्रबार १३:४२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीको विकासका लागि बृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक सम्पदा समेटेर काम गर्छाैँ : प्रधानमन्त्री 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २२ शुक्रबार १३:४२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनीको विकासका लागि बृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक सम्पदाहरू समेट्दै गुरुयोजना बनाएर काम गर्ने बताएका छन्। 

२५६७औँ बुुद्धजयन्ती एवं लुम्बिनी दिवस २०८० का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन, संरक्षण, प्रवर्द्धन तथा विकास गरी स्थानीयवासीलाई विकासको प्रतिफल दिलाउने गरी काम गर्ने प्रतिबद्धता जनाए। 

बृहत्तर लुम्बिनी क्षेत्रका  ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्दै दिगो विकासका लागि सरकारले गुरुयोजनाका साथ लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी काम अगाडि बढाइरहेको उनले बताए। 

सरकारले ०६८ सालमा गठन गरेको बृहत्तर लुम्बिनी राष्ट्रिय निर्देशक समितिकोे अध्यक्षको हैसियतमा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आफू न्युयोर्क पुगेर संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव वान कि मुनसँग समेत बृहत्तर लुम्बिनी क्षेत्रको दिगो विकासका लागि छलफल गरेको स्मरण गराए। 

प्रधानमन्त्री प्रचण्डले सम्भावित विश्व सम्पदा सूचीमा सन् १९९६ देखि सूचीकृत प्राचीन कपिलवस्तुको राजधानी सहर तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखेर काम गर्ने बताए। 

पछिल्लो समय अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको बताउँदै  प्रधानमन्त्री प्रचण्डले बुद्धजन्मस्थल लुम्बिनी धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावना रहेको स्पष्ट पारे। 

संसारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्बिनीको सम्भाव्यता अथाह रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्रचुर सम्भावना हुँदाहुँदै पनि ती सम्भावनालाई सदुपयोग गर्न नसक्नु कमजोरी भएको बताए।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले बुद्धको जीवनबाट त्यागको सन्देश ग्रहण गर्नुपर्ने बताए। 

उनले लुम्बिनीलाई धार्मिक र सांस्कृतिक रूपमा मुलुकको कूटनीतिका रूपमा विकास गर्न सकिने बताए। मन्त्री किराँतीले बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटकलाई लक्षित गरी स्थापना गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित उडानका लागि पहल भइरहेको बताए। उनले जेठ १६ गतेदखि नेपाल एयरलाइन्सको विमानस्थलले उडान गर्नेसमेत जानकारी दिए।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुद्धसर्किटको सम्भावना भएर पनि पूरा हुन नसक्दा बुद्धको सन्देश प्रवाह गर्न समस्या भएको बताए । उनले रुपन्देही, नवलपरासी र कपिलवस्तुलाई शान्तिक्षेत्र घोषणा गर्न संघीय सरकारसँग माग गरे।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैयले बुद्ध जन्मस्थल लुम्बिनी विश्वका चार अर्ब बढी बौद्धमार्गीहरूको आस्थाको धरोहर रहेकाले यसलाई समयअनुकूल विकास गर्दै लगिने बताए।

विशेष समारोहमा नेपालका लागि चिनियाँ राजदूत छेन सोङ, युएनडिपीका नेपाल प्रतिनिधि आसियानी लावे, लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनीलाई धार्मिक स्थलको रूपमा विकास गर्नुपर्ने बताए। 

कार्यक्रममा धम्मावती गुरुमा,  वरिष्ठ पुरातात्वविद् वसन्त बिडारी, बौद्धविद्वान् डुण्डबहादुर बज्राचार्य, होटेल व्यवसायी गोविन्द ज्ञवालीलाई सम्मान गरिएको थियो।