कुमारी बैंक लिमिटेडले झोर विस्तारित काउन्टरमा एटिएम सञ्चालनमा ल्याएको छ । टोखा नगरपालिकाको वडा नम्बर १ मा पर्ने बौडेश्वर महादेवको मन्दिर तथा झरनाका कराण काठमाडौंकै एक प्रमुख पर्यटकीय आकर्षको केन्द्र बन्दै गएको झोर क्षेत्रमै यो पहिलो एटिएम हो ।
नयाँ एटिएम सञ्चालनसँगै बैंकले देशभरमा तीन सय दुई शाखा, ४८ एक्सटेन्सन काउन्टर, दुई सय ९६ एटिएम तथा ६२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाएको छ ।