
हालै क्रेमलिनमा भएको ड्रोन हमलाको पछाडि संयुक्त राज्य अमेरिका र युक्रेनको हात रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दाबी गरेका छन्।
उनले बिहीबार यस्ताे प्रतिक्रिया दिँदै भनेका छन्, ‘हामीसँग यसको प्रमाण छ । त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त गरेको छ।’
रुसी राष्ट्रपतिको प्रेस सेवाले बुधबार युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिन निवासमा आक्रमण गर्न दुई ड्रोन प्रयोग गरेर हत्या गर्ने प्रयास गरेको दाबी गरेको छ।
प्रवक्ता पेस्कोभले भने, ‘रुस आतंकवादी हमलामा आफ्नो सहभागिताबारे सचेत छ। याे अमेरिकाले यो बुझ्नुपर्छ। वासिंटनका लागि द्वन्द्वमा यस्तो प्रत्यक्ष सहभागिता वास्तवमा कत्तिको खतरनाक छ भनेर बुझ्नु अझ महत्त्वपूर्ण छ।’
यसैबीच अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बिहीबार रुसको दाबी गलत भएको बताएका छन्। उनले स्थानीय सञ्चारमाध्यमलाई जनाएअनुसार आक्रमणमा ‘संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता छैन।’