आफैँले सफा गर्न सकिन्छ एसी

२०७६ बैशाख २ सोमबार ०९:०८:०० | काठमाडाैं

गर्मी मौसममा एयर कन्डिसनिङ (एसी)मा बसेर शीतलता पाउन सबैलाई मनपर्छ । त्यसैले, यो मौसममा एसीको सरसफाइमा बढी ध्यान दिनुपर्छ । हामीमध्ये धेरै कामदार लगाएर एसीको सर्भिसिङ गर्छौं होला । तर, घरको एसी आफैँले पनि यसरी सहज तरिकाले सफा गर्न सकिन्छ । 

-सबैभन्दा पहिला त्यसको फिल्टर निकाल्नुपर्छ । त्यसपछि एसीमा जम्मा भएको माटोलाई टुथ ब्रसको सहायताले सफा गर्नुपर्छ । 
-फिल्टरलाई माथिबाट डिटर्जेन्टको घोलले सफा गर्दै तातोपानीमा डुबाएर राख्नुपर्छ ।
-केही समयपछि तातोपानीबाट फिल्टरलाई निकालेर ब्रसको सहयोगले 
-राम्ररी सफा गर्नुपर्छ । फिल्टरलाई सफा गरिसकेपछि पूरै सुक्खा बनाउन खुला हावामा राख्नुपर्छ ।
-एसीकोे अघिल्लो भागमा रहेका ग्रिल र बोल्ट निकालेर राख्नुपर्छ । 
-एसीको मोटरलाई भ्याकुम क्लिनरको सहयोगले सफा गर्नुपर्छ । तर, मोटरमा पानी पर्न भने दिनुहँुदैन । 
-कुनै गिलो सफा कपडा या टिस्यु पेपरको सहयोगले पंखाको ब्लेड राम्रोसँग सफा गर्नुपर्छ । ब्लेडलाई सफा गरेपछि त्यसमा थोरै तेल लगाउन सकिन्छ । जसले गर्दा पंखाले सही तरिकाले काम गर्न सक्छ ।
-एसीका सम्पूर्ण भागको सफाइ गरिसकेपछि केही समयका लागि खुला हावामा छोडेर सुक्खा हुन दिनुपर्छ । यसरी एसीको सबै पार्टस् पुनः आ–आफ्नो स्थानमा जडान गर्नुपर्छ । एसी चलाएर पुनः परीक्षण गरेर हेर्नुपर्छ ।

 

प्रतिकृया दिनुहोस