१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार २o:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

न्यायालयमा सुधारको माग गर्दै प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २o:४९:oo

न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको माग गर्दै बागमती प्रदेशको राजधानी हेटौँडामा मंगलबार कानुन व्यवसायीहरूले प्रदर्शन गरेका छन्। 

नेपाल बार एसोसिएसनको आह्वानमा देशव्यापी कार्यक्रमअन्तर्गत उच्च अदालत बार एसोसिएसन, हेटौँडा इकाइ र मकवानपुर जिल्ला अदालत बार एकाइले प्रदर्शन गरेका हुन्।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नियुक्ति र न्यायालयमा सुधारको माग लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेको उच्च अदालत बार एसोसिएसन हेटौँडाकी सचिव श्रद्धा ढुंगानाले जानकारी दिइन्।

उनले स्वतन्त्र न्यायपालिकाको रक्षा, न्यायालयभित्रको विकृति विसंगतिको अन्त्य, न्यायालयलाई भ्रष्ट्राचारमुक्त बनाउनुपर्ने, पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने, प्रधानन्यायाधीश नियुक्त गर्नुपर्ने, अदालतमा रिक्त रहेको न्यायाधीश यथाशीघ्र नियुक्त गर्नुपर्नेलगायतका माग राखिएको बताइन्। 

ad
ad