१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १९ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १९ मंगलबार १६:२३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रपति रनिङ सिल्ड : कबड्डीमा सुदूरपश्चिमलाई लगातार सात स्वर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १९ मंगलबार १६:२३:oo

खेलाडीहरूको लगन र नियमित प्रशिक्षणकै कारण केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड छात्रा कबड्डीमा सातौँपटक सुदूरपश्चिमले स्वर्ण जितेको छ।

सोमबार राष्ट्रपति रनिङ सिल्डको १३औँ संस्करणमा बागमती प्रदेशलाई फाइनलमा पराजित गर्दै सुदूरपश्चिमले छात्रा कबड्डीको उपाधि जितेको हो। 

सुदूरपश्चिम कबड्डी टोलीका प्रशिक्षक विष्णुदत्त भट्टले सुदूरपश्चिमको छात्रा टोलीले लगातार सातौँपटक केन्द्रस्तरीय रनिङ सिल्डमा उपाधि जितेको बताए। 

‘मुख्य कुरो त नियमित प्रशिक्षण नै हो,’ कबड्डी प्रशिक्षक भट्टले भने, ‘सुदूरपश्चिमको कबड्डीले आफूलाई विगतदेखि अहिलेसम्म अब्बल साबित गर्दै आएको छ।’ 

सुदूरपश्चिमको नौ सदस्यीय छात्रा कबड्डी टोलीको कप्तानी कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ का सिर्जना सुनारले सम्हालेको प्रशिक्षक भट्टको भनाइ छ।

केन्द्रस्तरीय रनिङ सिल्डको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा कञ्चनपुरको छात्रा टोलीले उपाधि जितेको थियो।

त्यसैगरी, कञ्चनपुर जिल्ला कबड्डी संघका उपाध्यक्ष रमेशचन्द्र ओझाले कबड्डी राष्ट्रिय टोलीमा बढीजसो सुदूरकै रहेको बताए। उनले विभिन्न विभागीय टोलीहरूमा रहेकामध्ये ८० प्रतिशत कञ्चनपुरबाट उत्पादन भएका खेलाडीको वर्चस्व रहेको दाबी गरे। रासस