Skip This
१० वर्षपछि अस्ट्रेलियामा घन्कियो ‘मंगोलियन हार्ट’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १९ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o बैशाख १९ मंगलबार १o:३७:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

१० वर्षपछि अस्ट्रेलियामा घन्कियो ‘मंगोलियन हार्ट’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख १९ मंगलबार १o:३७:oo

चर्चित नेपाली ब्यान्ड मंगोलियन हार्टले अस्ट्रेलियाका विभिन्न सहरमा कन्सर्ट गरेको छ । १० अप्रिलमा मेलबर्नबाट सुरु भएको अस्ट्रेलियाको सांगीतिक यात्रा आइतबार एडिलेडमा पुगेर टुंगिएको हो ।

ब्यान्डले १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा क्यान्बेरा, २१ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्ट हुँदै ३० तारिखमा एडिलेडमा आफ्नो अन्तिम प्रस्तुति दिएको हो । १० वर्षपछि मंगोलियन हार्टले अस्ट्रेलियाको टुर गरेको हो । हरेक सहरमा मंगोलियन हार्टलाई हेर्न र सुन्न दर्शकको ठूलो ‘क्राउड’ जम्मा भएको ब्यान्डका म्यानेजर एवं गितारिस्ट बबी लामाले बताए ।

हरेक सहरमा भएका कन्सर्टमा ब्यान्डका फ्रन्ट म्यान राजु लामाले चर्चित ‘मेरो नेपाल’, ‘बादलपारिको देशबाट’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ लगायत आफ्ना चर्चित गीत गाएर दर्शक झुमाएका थिए । आइतबार राति एडिलेडमा भएको अन्तिम प्रस्तुतिमा लामाले ‘सायद तिम्रो बाटोमा’ गीत गाउँदै टुर समाप्त भएको घोषणा गरे ।

यात्रा टुंग्याउँदै गर्दा दर्शकदिर्घाबाट सबैले हात उठाएका थिए, अनि लामाले मुस्कुराउँदै स्टेजबाटै दर्शकसँग सेल्फी खिचेका थिए । लोक, स्लो रक, पप मेलोडी संगीतका लागि चर्चित मंगोलियन हार्ट ब्यान्डको भोकलमा राजु लामा, रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापामगर, लिड गितारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।