१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १८ सोमबार २०:१८:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

जुत्ताचप्पल मेला हेर्न भृकुटीमण्डप पुगे उद्योगमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १८ सोमबार २०:१८:००

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘बृहत् जुत्ताचप्पल व्यापार मेला’को अवलोकन गरेका छन् । 

उनले आइतबार मेलास्थलमा पुगेर जुत्ताचप्पलका सबै स्टलहरूको अवलोकन गरेका हुन् । जुत्ताचप्पलका स्वदेशी उद्योग तथा उत्पादनलाई प्राथमिकता राखेर र प्रवर्द्धन गर्नुपर्ने मान्यतासहित मन्त्री रिजालले मेलाको अवलोकन गरेका हुन् ।

मेलाको अवलोकन गर्ने क्रममा मन्त्री रिजालले तीन जोर जुत्ताचप्पलसमेत खरिद गरे । मन्त्रीले मेलामा उपस्थित भएर स्वदेशी ब्रान्डप्रति चासो देखाउनु सकारात्मक कदम भएको आयोजक सबिन कार्कीले बताए । 

‘मन्त्रीले चासोका साथ मेलाको अवलोकन गर्नुभयो,’ उनले भने, ‘स्वदेशी उद्योग र स्वदेशी ब्रान्डलाई अब सरकारले प्राथमिकतामा राख्नुपर्छ ।’ 

मन्त्री रिजालले मेलाको अवलोकन गरे पनि जुत्ता नै खरिद गर्छन् भन्ने आयोजकलाई लागेको थिएन । मन्त्री रिजालले आफ्नो लागि तीन जोर जुत्ता खरिद गरेपछि आयोजक उत्साही भएका थिए ।