मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०८० बैशाख १८ सोमबार ११:५६:००
Read Time : < 1 मिनेट
खेलकुद

त्रिवि खेलमैदानमा पुनः वर्षा, ढाकियो पिच

Read Time : < 1 मिनेट
२०८० बैशाख १८ सोमबार ११:५६:००

एसिसी प्रिमियर कप प्रतियोगिताको फाइनल खेल चलिरहेको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेलमैदानमा पुनः वर्षा भएको छ । 

वर्षा हुन थालेपछि खेल रोकिएको छ । अहिले पिच र मैदानको केही भागलाई कभर गरिएको छ । अम्पाएर र खेलाडी पेभेलियन फर्किएका छन् ।

वर्षाले खेल रोकिएका वेला युएईले २७.३ ओभरमा १०६ रन बनाउँदा नाै विकेट गुमाइसकेको छ । 

युएईको इनिङ ध्वस्त बनाउने क्रममा ललित राजवंशीले तीन, करण केसी र सन्दीप लामिछानेले दुई–दुई तथा सोमपाल कामी र गुल्सन झाले एक–एक विकेट लिएका छन् । 

यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि युएई ब्याटिङमा आएको हो । तर, नेपाली स्पिनर र सिमरले जबर्जस्त बलिङ गरेपछि युएई धराशायी बनेको हो ।