मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी रावलपिन्डी
२०८० बैशाख १८ सोमबार ०९:१९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पाकिस्तानी क्रिकेटर जमानले राखे रेकर्ड

Read Time : > 1 मिनेट
एजेन्सी, रावलपिन्डी
२०८० बैशाख १८ सोमबार ०९:१९:००

पाकिस्तानी क्रिकेटर फखर जमान एकदिवसीय क्रिकेटमा छिटो तीन हजार रन पूरा गर्ने दोेस्रो खेलाडी बनेका छन् । जमानले शनिबार राति न्युजिल्यान्डविरुद्धको दोस्रो एकदिवसीय खेलमा यो रेकर्ड बनाएका हुन् । पाकिस्तानले न्युजिल्यान्डमाथि दोस्रो खेलमा सात विकेटको सानदार जित निकाल्दा जमानले एक सय ८० रनको शतकीय इनिङ्स खेलेका थिए । 

जमानले ६७ इनिङ्समा एकदिवसीय फम्यार्टमा तीन हजार रन पार गरेका हुन् । पाकिस्तानका ओपनर ब्याट्सम्यान जमानले समग्रमा तीन हजार ८२ रन बटुलेका छन् । एकदिवसीय खेलमा उनको उच्चतम योगफल दुई सय १० रन हो । जमानले अहिलेसम्म १० शतक तथा १५ अर्धशतक लगाएका छन् ।

यसक्रममा उनले तीन सय ४८ चौका र ५६ छक्का प्रहार गरेका छन् । न्युजिल्यान्डलाई हराउँदा पाकिस्तानका लागि निर्णायक भूमिका निर्वाह गरेका जमानले एक सय ४४ बलमा १७ चौका र ६ छक्का प्रहार गरेका थिए । एकदिवसीय खेलमा दक्षिण अफ्रिकाका हसिम अमलाले विश्व रेकर्डका रूपमा ५७ खेलमा तीन हजार रन पूरा गरेका थिए । यसैगरी, भारतका विराट कोहलीले ७५ इनिङ्समा तीन हजार रन बटुलेका थिए । 

पाकिस्तानको सानदार जित
रावलपिन्डी रंगशालामा न्युजिल्यान्डले ५० ओभरमा पाँच विकेट गुमाएर तीन सय ३६ रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा पाकिस्तानले ४८.२ ओभरमा तीन विकेटको नोक्सानीमा तीन सय ३७ रन बनायो । पाकिस्तानले १० बलअघि नै जित हात पा¥यो । पाकिस्तानको सफलतामा कप्तान बाबर अजामले ६६ बलमा ६५ रनको योगदान दिए ।

यसक्रममा उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए । जमानले विकेटकिपर ब्याट्सम्यान मोहमद रिजवानसँग चौथो विकेटका लागि एक सय १९ रनको साझेदारी गरे । रिजवानले केवल ४१ बलमा ५४ रन बटुले । उनले ६ चौका प्रहार गरेका थिए । जमानले कप्तान बाबरसँग दोस्रो विकेटका निम्ति एक सय २२ बलमा एक सय ३५ रनको साझेदारी गरे ।  

मिचेल र लाथमको शतकीय साझेदारी
यसअघि ब्याटिङ गरेको न्युजिल्यान्डका कप्तान लाथम र मिचेलले तेस्रो विकेटका लागि एक सय ८३ रनको शतकीय साझेदारी गरेका थिए । यी दुईबीचको बलियो साझेदारीका कारण नै न्युजिल्यान्डले पाकिस्तानलाई चुनौतीपूर्ण योगफल खडा गर्न सफल भएको हो । तर, न्युजिल्यान्डले लक्ष्य रक्षा गर्न सकेन ।

मिचेलले बाउजसँग दोस्रो विकेटका लागि ८० बलमा ८६ रनको साझेदारी गरे । मिचेलले ११९ बलमा एक सय २९ रन बनाए । उनले आठ चौका र तीन छक्का प्रहार गरे । कप्तान टोम लाथमले ८५ बलमा आठ चौका र एक छक्काको सहयोगमा ९८ रन बटुले । लाथम दुई रनले शतक प्रहार गर्नबाट चुके । चाद बावेजले ५१ बलमा ५१ रन बनाए ।