१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १७ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १७ आइतबार १८:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘भौतिक मन्त्रालयको बजेट ५४ अर्बले कटौती’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १७ आइतबार १८:५२:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षका लागि भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती भएको बताएका छन्।

आइतबार काठमाडौंमा पेसागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। राजस्व संकलन कम भइरहेको र अर्थतन्त्रका सूचकांक पनि खराब रहेको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षको बजेट ‘गरिबको लागि खानेकुरा’जस्तो बनेको बताए।

चालू आर्थिक वर्षमा बजेट १६३ अर्ब रहेको भए पनि आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङ ११३ अर्ब दिइएको मन्त्री ज्वालाले जानकारी दिए।

‘हामी बजेट निर्माणको चटारोमा छौँ। बजेटको कमी पनि, कटौती पनि छ। कटौती भएको कम्फर्टेबल बजेट सिलिङ हुन्थ्यो भने यति धेरै प्रेसर हुँदैन थियो होला। यता ताने उता मिल्दैन, उता ताने यता मिल्दैन। गरिबीजस्तो भएको छ। बिहान खाँदा साँझ नपुग्ने, साँझ खाँदा बिहान नपुग्नेजस्तो भएको छ,’ उनले भने।

भौतिक पूर्वाधार मन्त्रालयले आगामी आर्थिक वर्षमा आवश्यक काम गर्न नसक्ने मन्त्री ज्वालाको भनाइ छ।