१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १६:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कपन हत्याकाण्डका आरोपी झापाबाट पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:५१:oo

काठमाडौंको कपन सरस्वतीनगरमा भएको हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई प्रहरीले सार्वजनिक गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंमा पत्रकार सम्मेलन गरेर आरोपी विकलाई सार्वजनिक गरेको हो। एक साताअघि सरस्वतीनगरमा भाँडा पसल चलाएर बस्ने नीरा पाण्डे आचार्यको हत्या भएको थियो।

एक सातासम्म हत्यारा र हत्या गर्नुको कारण पत्ता लगाउन नसकेको भन्दै प्रहरी आलोचित बन्न थालेको थियो। नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा आठ सदस्यीय छानबिन टोली बनाएर अनुसन्धान थालेको थियो।

प्रहरीले आरोपी विकलाई उनको घर झापा धुलाबारीबाट पक्राउ गरेको बताएको छ। पक्राउ परेलगत्तै आफ्नो अपराध स्वीकार गरेका विकले योजना बनाएर नै लुटपाट गरी हत्या गरेको प्रहरीले जनाएको छ।

ad
ad