१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डाँडा काट्न पैसा छर्नुको साटो आविष्कारमा लगानी बढाउनुपर्छ : रवीन्द्र मिश्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:११:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विवेक हराएर निदाएका नेताहरूको विवेक जगाउन महावीर पुनले गरेको आन्दोलनलाई राप्रपाको पूर्ण समर्थन र साथ रहने प्रतिबद्धता जनाएका छन्।

शनिबार माइतीघर मण्डलामा पुनको आन्दोलनलाई समर्थन गर्न धर्नास्थल पुगेका उनले यस्तो बताएका हुन्। ‘बजेट आउनुअघि सरकारलाई दबाब दिन आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानुन निर्माण गर्न दबाब दिनुभएको छ, यो एकदमै राम्रो छ । हामी राप्रपाका सबै साथीहरू उहाँलाई समर्थन गर्न तयार छौँ,’ उनले भने।

भएका प्राकृतिक सम्पदाको दोहन गर्न बजेट छुट्याउने तर आविष्कारको प्रवर्द्धनका लागि बजेट नछुट्याउनु सरकारको लापरबाही रहेको मिश्रको भनाइ छ। ‘अयोग्य लडाकुलाई सीप दिनुको साटो पैसा दिने, डाँडाकाँडा काट्नलाई हुनै नसक्ने ठाउँमा डोजर चलाउन विभिन्न नेताको दबाबमा पैसा दिने, बजेट छर्ने जुन अवस्था देखियो, त्यसको परिप्रेक्ष्यमा उहाँको माग सान्दर्भिक छ,’ उनले भने।

शुक्रबार मध्यरातिबाट अन्त्य भएको संसद् अधिवेशनमा प्रधानमन्त्री नियुक्तिबाहेकका काम हुन नसकेकोमा पनि मिश्रले असन्तुष्टि पाेखेका छन्।