१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १५ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १५ शुक्रबार १८:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोसी प्रदेशमा प्रचण्डपथ लागू हुन सक्दैन : योगेश भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १५ शुक्रबार १८:४८:oo

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्डपथ कोसी प्रदेशमा सफल नहुने बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको तर्फबाट यस्तो बताएका हुन्। कोशी प्रदेश नामकरणको बिरोध शान्तिपूर्ण रुपमा गर्न पाउने भएपनि माओवादी केन्द्रका संगठनहरुले नै प्रमुख प्रतिपक्षी दलका नेतामाथि आक्रमणको प्रयास गरेको भन्दै उनले आपत्ति जनाए।

‘प्रधानमन्त्री स्वयंले नै आगोमा घिउ थपिरहनुभएको छ । प्रधानमन्त्रीले सहमति दिनुभयो, पार्टी फिर्ता हुन्छ भन्नुभयो नामकरण पछि। आएको रिपोर्टमा माओवादीका साथीहरु संलग्न भएका छन् भन्ने छ। त्यो कुरा पुलिस, प्रशासन, प्रधानमन्त्रीलाई थाहा छ। अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने र त्यहीमाथि टेकेर टाउकोमा हान्ने प्रचण्डपथ फेरि लागू गर्न खोजिएको हो भने कोशी प्रदेशमा यो सम्भव छैन। हामी गोरखाली भाषामा प्रचण्डपथलाई भन्न चाहन्छौँ, कोशी प्रदेशमा यो सम्भव छैन,’ उनले भने।