मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० बैशाख १५ शुक्रबार १०:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपनिर्वाचनमा निर्वाचित सांसदले आज शपथ लिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० बैशाख १५ शुक्रबार १०:४४:००

यही वैशाख १० गते सम्पन्न  उपनिर्वाचनबाट निर्वाचित तीनजना प्रतिनिधिसभा सदस्यको शपथग्रहण आज हुने भएको छ।चितवन २ बाट निर्वाचित रवि लामिछाने, बारा २ बाट निर्वाचित उपेन्द्र यादव तथा तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेको आज बिहान ११ :३० बजे शपथग्रहण हुने तयारी गरिएको छ ।

निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराउनाका साथै सांसदको लोगो वितरण गर्ने कार्यक्रम तय भएको छ । 

गत मंसिर ४ मा भएको निर्वाचनबाट तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो । साथै बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएको र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएकाले उपनिर्वाचन गरिएको थियो । उपनिर्वाचनबाट लामिछाने पुनः सांसद चुनिएका हुन् ।