Skip This
आन्तरिक आर्थिक गतिविधिमा सुधार हुँदै छ : गभर्नर अधिकारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १५ शुक्रबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १५ शुक्रबार o७:o८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आन्तरिक आर्थिक गतिविधिमा सुधार हुँदै छ : गभर्नर अधिकारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १५ शुक्रबार o७:o८:oo

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आन्तरिक आर्थिक गतिविधि सुधार हुने संकेत देखिएको बताएका छन् । राष्ट्र बैंकको ६८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बाह्य क्षेत्रमा सुधार आएर बैंकिङ प्रणालीमा तरलता सहज भएको र बैंक तथा वित्तीय संस्थाहरूले पनि ब्याजदर घटाउन थालेकाले सुधार हुने बताएका हुन् । 

 गत वर्षभन्दा व्यापार घाटामा केही कमी आएको, विप्रेषण प्रवाहमा वृद्धि र पर्यटन क्षेत्रमा आएको सुधारका कारण शोधनान्तर स्थिति पनि बचतमा रहन थालेको उनले बताए । यसले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रको बाह्य क्षेत्रलगायत बैंकिङ क्षेत्रको तरलतामा पनि सुधार आएको उनको भनाइ छ । उनले भने, ‘विकास खर्च र कर्जा प्रवाहमा कमी आउँदा आर्थिक गतिविधिमा केही शिथिलता आएको छ भने सरकारको राजस्व संकलनमा गिरावट आएको अवस्था छ ।’ 

कोभिड–१९ को महामारीपछि, विश्व अर्थतन्त्र पुनरुत्थानका क्रममा रहेका वेला २०२२ फेब्रुअरीमा सुरु भएको रसिया–युक्रेन युद्धले गर्दा विश्वव्यापी रूपमा आपूर्तिजन्य व्यवधान, पेट्रोलियम पदार्थलगायत खाद्यान्न र निर्माणजन्य सामग्रीको मूल्य बढ्न गएको उनले बताए । मूल्यवृद्धिलाई नियन्त्रण गर्न संयुक्त राज्य अमेरिकाले मौद्रिक नीतिमा गरेको कडाइका कारण नेपाली रुपैयाँ अमेरिकी डलरसँग अवमूल्यन हुन गएकोसमेत उनको भनाइ छ । छिमेकी देश भारतले पनि बढ्दो मूल्यवृद्धि र पुँजी बहिर्गमनलाई रोक्न मौद्रिक नीतिलाई कडाइ गर्दै लगेको बताए । 

सरकार र राष्ट्र बैंकले लिएका नीतिगत व्यवस्था र प्रयासले १४ महिनापछि ०७९ असोजबाट शोधनान्तर बचत रहन गई विदेशी मुद्राको सञ्चितिमा सुधार हुन थालेको उनको भनाइ छ । शोधनान्तर स्थितिमा आएको सुधारसँगै सरकारले केही वस्तुहरूको आयातमा लगाएको प्रतिबन्ध हटाएको छ भने यस बैंकले पनि केही वस्तुहरूको आयातका लागि प्रतीतपत्र खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको उनले बताए । उनले भने, ‘तरलता व्यवस्थापनलाई सुदृढ गर्दै ओभरनाइट तरलता सुविधा नीतिगत दरमा उपलब्ध गराउने व्यवस्था गरेपश्चात् अन्तरबैंकदर ८.५ प्रतिशतबाट ७ प्रतिशतमा आएको छ ।’