१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १४:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु, भोलिदेखि इलाममा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:३o:oo

राष्ट्रिय चिया दिवसकाे अवसर पारेर काठमाडौंमा बिहीबारदेखि अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजनामा भृकुटीमण्डपमा चौथो चिया महोत्सव सुरु भएको हो। कृषि, पशुपक्षीमन्त्री डा. बेदुराम भुसाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले संयुक्त रूपमा महोत्सवको उद्घाटन गरेका हुन्।

अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको प्रवर्द्धन गर्ने उद्देश्यले चिया महोत्सव गरिएको आयोजकले बताएको छ। महोत्सव शुक्रबार र शनिबार इलाममा हुनेछ। महोत्सवमा रुस, दुबई, चीन, अमेरिका र जापानका चिया व्यापारी सहभागी छन्।

विदेशी चिया व्यापारीलाई इलाममा स्थलगत भ्रमणसमेत गराउने आयोजकले जानकारी दिएको छ। १५ र १६ गते व्यापारीलाई चिया बगैँचा अवलोकन तथा फ्याक्ट्री भ्रमण गराउनका साथै चिया परीक्षणसमेत गराउने कार्यक्रम रहेको छ।

ad
ad