१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
भर्ना अभियानसँगै किताब पुगे पछि वितरणको तयारी गर्दै कञ्चनपुरका सामुदायिक विद्यालय। 
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २० बिहीबार १२:२३:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

यसपटक कञ्चनपुरमा समयमै पुगे किताब 

Read Time : > 2 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:२३:oo

यस वर्ष कञ्चनपुरमा समयमै पाठ्यपुस्तक (किताब) पुगेका छन्। चालू शैक्षिक सत्र २०८० को सुरुवातसँगै जिल्लामा किताब पुगेका हुन्।

विगतका वर्षहरूमा शैक्षिक सत्र सुरुवात भएको महिना बितिसक्दा पनि किताब नपुग्ने समस्या थियो, तर चालू शैक्षिक सत्र कञ्चनपुरमा भर्ना अभियानकै दौरानमा किताब पुगेका छन्।

१ वैशाखदेखि १५ सम्म विद्यालय भर्ना अभियानकै दौरानमा विद्यार्थीको हातमा किताब पुगेका हुन्। समयमै विद्यार्थीको हातहातमा किताब पुगेपछि विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक हर्षित भएका छन्।

भीमदत्त नगरपालिका– १८ भगतपुरमा रहेको शिव ज्ञानेश्वर आधारभूत विद्यालयका शिक्षक नवीनसिंह धामीले किताब पुगेर विद्यार्थीलाई वितरण गरिएको बताए।

‘हाम्रो विद्यालयमा किताब पुगेर पनि वितरण गरिसके,’ ‘शिक्षक धामीले भने, ‘यस वर्ष समयमै किताब पुगेको छ।’ पाठ्यपुस्तक नहुँदा पठनपाठनमा प्रभाव पर्ने भन्दै उनले समयमै पुस्तक पुगेपछि सहज भएको बताए। 

बेलडाँडी गाउँपालिका– २ चन्दनबस्तीस्थित कञ्चन आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रदत्त भट्टले यस वर्ष समयमै किताब पुगेको बताए। ‘विद्यालयका किताब पुगिसके आजदेखि वितरण सुरु गरेका छौँ।’ 

 

बेलौरी नगरपालिका– ६ स्थित महाकाली माविका शिक्षक दीपेन्द्र बमले यस वर्ष कञ्चनपुरमा समयमै किताब पुगेको बताए। विगतका वर्षजस्तो किताब नपुग्ने समस्या नभएको अनुभव व्यक्त गरेका छन्।

शुक्लाफाँटा नगरपालिका– ७ सिमलफाँटामा रहेको कृष्ण माविका प्रधानाध्यापक रामदत्त जोशीले यस वर्ष समयमै किताब पुगेको बताए। ‘विगतका वर्षमा ढिलो गरी किताब पुग्थे,’ उनले भने, ‘अहिले भर्ना अभियानकै दौरानमा पुगेका छन्।’

उनले विद्यालयमा किताब पुगेर पनि विद्यार्थीको हातहातमा पुस्तक पुगिसकेको बताए। कक्षा ९ को स्वास्थ्य विषयको पुस्तक गत शैक्षिकसत्रभरि नै नपुगेको बताउँदै उनले यस वर्ष समयमै पुगेको बताए। 
सीमावर्ती बेलडाँडी गाउँपालिका– ३ वैवाहस्थित राधाकृष्ण जनप्रिय आधारभूत विद्यालयका प्रअ गणेश सिंहले यस वर्ष समयमै किताब पुगेको बताउँदै दैनिक पठनपाठनमा समेत सहजता भएको बताए।
‘विगतका वर्षमा समयमै किताब नपुग्ने समस्या थियो,’ प्रअ सिहले भने, ‘यस शैक्षिक सत्रमा समयमै किताब पुगेर सहज भयो।’ 

कृष्णपुर नगरपालिका– ३ देखतभुलीमा रहेको नन्द माविका प्रधानाध्यापक पुष्करसिंह महराले यस वर्ष समयमै विद्यालयमा पुष्कर पुगेर वितरण गरिएको बताए। ‘हामीले विद्यालयमा पुगेका किताब वितरण गरिसक्यौँ,’ उनले भने, ‘केही वितरण गर्नेवाला छौँ।’ 

बेदकोट नगरपालिका- ८ गैलनदीमा रहेको बैजनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त भट्ट (सिके)ले इतिहासमै पहिलोपटक यसरी सामुदायिक विद्यालयमा समयमै किताब पुगेको बताए।

‘यसपटक शैक्षिक सत्र सुरुवातकै चरणमा पुस्तक पुगेका छन्,’ उनले भने, ‘हामीले पनि वितरण गरिसकेका छौँ।’ 

अध्यक्ष भट्ट पूर्वअखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष हुँदा यस्तै पाठ्यपुस्तक समयमै नपुगेको विषयमा आन्दोलन गरेका दिन सम्झिँदै यसपटक समयमै सरकारले पाठ्यपुस्तक पुर्‍याएको भन्दै सरकारलाई धन्यवाद दिएका छन्। 

भीमदत्त नगरपालिका– ३ नयाँ तिलकपुरस्थित नवदुर्गा कालिका आधारभूत विद्यालयका प्रअ नरबहादुर धामीले विद्यालयका यस वर्ष समयमै किताब आएर पनि पठनपाठनसमेत सुरु भएको बताए। 

 शिक्षा समन्वय एकाइ कञ्चनपुरले चालू शैक्षिक सत्रमा कक्षा १ देखि १० सम्मका अध्ययन गर्ने कञ्चनपुरका सम्पूर्ण विद्यार्थीका लागि पाठ्यपुस्तक पुगेको जनाएको छ। शिक्षा समन्वय एकाइ कञ्चनपुरका अधिकारी राजेन्द्रप्रसाद भट्टले जिल्लाका सबै पालिकामा रहेका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको बताए।

उनका अनुसार कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक कञ्चनपुरमै रहेको जगदम्बा आधुनिक छापाखानामा मुद्रण गरिएको छ  भने ६ देखि १० कक्षा सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छापेर जिल्लामा पठाएको छ। 

जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मका एक करोड ५० लाख पाठ्यपुस्तक छपाइको काम सम्पन्न गरी बिक्री–वितरण गरेको हो। गत चैत २४ गतेदेखि देशभर पाठ्यपुस्तक बिक्री–वितरण सुरु भएको थियो। 

शिक्षा समन्वय एकाइ कञ्चनपुरको तथ्यांकअनुसार गत शैक्षिक सत्र ०७९ मा आठ हजार तीन सय ७६ बालविकास, एकदेखि पाँचसम्म २५ हजार आठ सय १८, कक्षा ६ देखि आठसम्म एक हजार पाँच सय ९१, कक्षा नाै र १० मा १५ हजार ६ सय २७ र कक्षा ११ र १२ मा आठ हजार सात सय तीन विद्यार्थी गरी झन्डै ८० हजार एक सय १५ विद्यार्थी भर्ना भएका थिए।

बोर्डिङतर्फ ६४ हजार दुई सय ६६ विद्यार्थी भर्ना भएका थिए। गत शैक्षिक सत्र कञ्चनपुरमा गत वर्ष एक लाख ४४ हजार तीन सय ८१ विद्यार्थी भर्ना भएका थिए। यस वर्ष डेढ लाखभन्दा बढी हुने अपेक्षा गरिएको छ। 

कञ्चनपुरमा समेत पुगेर विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको छ। केही विद्यालयले वितरण गरेर पनि कक्षा सञ्चालन गरेका छन्। यस वर्ष समयमै किताब पुगेपछि अभिभावकसमेत हर्षित भएका छन्।

कञ्चनपुरका अभिभावक करनबहादुर चन्दले वर्तमान सरकारले कञ्चनपुरसहित देशभर समयमै किताब पुर्‍याउन सफल भएको बताए।

‘यसपटक वर्तमान सरकारले समयमै विद्यार्थीको हातहातमा किताब पुर्‍याएको छ, यो एकप्रकारको सफलता पनि हो,’ उनले भने, ‘विगतका वर्षहरूमा समयमै किताब नपाउँदा सास्ती व्यहाेर्नुपरेको थियो।’ 

 

ad
ad