मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विमल सुवेदी, रंगकर्मी
नयाँ पत्रिका काठमाडाैं
२०८० बैशाख १४ बिहीबार ११:१९:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

फरक–फरक विधाका पुस्तक पढ्छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० बैशाख १४ बिहीबार ११:१९:००

‘मेरो झोलामा पुस्तक र पानी अनिवार्य हुन्छ । स्वास्थ्यका लागि पानी र दिमागका लागि पुस्तक जरुरी छ भन्ने लाग्छ ।’ तपाईंले आफू र आफूले गरेका काम बुझ्नलाई किताब पढ्ने हो । कहिल्यै पनि पुस्तक पढेर सकिँदैन । कलाकारिता तथा सिर्जनात्मक क्षेत्रमा लाग्नेहरूले अध्ययनमा अझै धेरै ध्यान दिन जरुरी छ ।

अहिलेको पुस्तामा पठन संस्कृति कम हुँदै गएजस्तो अनुभूत हुन्छ, डिजिटल दुनियाँमा झुम्मिने बानी परेकाले पनि यस्तो भएको हुन सक्छ । हुन त सिनेमा तथा अन्य भिडियो सामग्रीबाट पनि ज्ञान बटुल्न नसकिने होइन । तर, फिल्मबाट लिइने ज्ञान र पुस्तकबाट लिइने ज्ञान फरक हुन्छ । 

समाज, इतिहास र राजनीति बुझ्नका लागि पनि पुस्तक पढ्न जरुरी छ । एउटा पुस्तक पढेर मात्रै सबै कुरा बुझिँदैन । त्यसैले धेरैखाले पुस्तक पढ्नुपर्छ । म फरक–फरक विधाका पुस्तकहरू पढ्न रुचाउँछु । मेरो झोलामा पुस्तक र पानी अनिवार्य हुन्छ । स्वास्थ्यका लागि पानी र दिमागका लागि पुस्तक जरुरी छ भन्ने लाग्छ । 

पुस्तक नै मेरो सम्पत्ति हो भन्ने लाग्छ । विदेश गएका वेला पुस्तक किन्न कहिल्यै छुटाउँदिनँ । बेस्ट सेलर किताब विदेशबाटै लिएर आउँछु । घरमा किताब राख्ने ठाउँ साँघुरो भएकाले कतिपय किताब साथीहरूलाई दिन्छु । अहिले सेलेक्ट गरेर मात्रै किताब किन्छु ।

मेरो जीवनलाई प्रभावित गर्ने पुस्तकहरूको सूची लामै छ । भागवत् गीता, डेभिड रोब्सनको द इन्टेलिजेन्स ट्र्याप, रेमन्ड विलियमको कल्चर एन्ड सोसाइटी, रोन्डा बर्नको ‘ल अफ अट्र्याक्सन, डा. सञ्जीव उप्रेतीको घनचक्कर, कुमार नगरकोटीको फोसिल, बिपी कोइरालाको तीन घुम्तीलगायत पुस्तक यसैमध्येका हुन् ।