१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १२:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बँदेलको आक्रमणबाट दुई सशस्त्र प्रहरीसहित पाँचजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:४३:oo

दार्चुलामा बँदेलको आक्रमणबाट पाँचजना घाइते भएका छन्। मालिकार्जुन गाउँपालिका– ६ उकुमा बँदेलको आक्रमणबाट दुईजना सशस्त्र प्रहरीसहित पाँचजना घाइते भएका हुन्।

बँदेलले एक्कासि आक्रमण गर्दा बुधबार बिहान परेड खेलिरहेका सुरक्षाकर्मी र स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। 

बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीका हवल्दार गोपाल साउद, जवान हरिस बुडाल, ६५ वर्षीय स्थानीय जसोदसिंह महरा, २१ वर्षीय आयुष पाल र ५० वर्षीय रतन पार्की घाइते भएका छन्।
 
घाइतेमध्ये रतन पार्कीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको उनले बताए। अन्यको अवस्था सामान्य छ। सशस्त्र प्रहरीका हवल्दार र जवान परेड गरिरहेका वेला बँदेलले आक्रमण गरेको हो। 

ad
ad