१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १३ बुधबार
  • Sunday, 11 May, 2025
२o८o बैशाख १३ बुधबार o७:५४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पेट्रोलियम पूर्वाधार निर्माण अघि बढाउने सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १३ बुधबार o७:५४:oo

‘पेट्रोलियम तथा ग्याससम्बन्धी नेपाल–भारत संयुक्त कार्य समूह’को बैठकले नेपालको आवश्यकताअनुसार पेट्रोलियम क्षेत्रमा पूर्वाधार निर्माण कार्य अघि बढाउने सहमति भएको छ ।

मंगलबार काठमाडौंमा भएको बैठकमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल र भारतको तर्फबाट पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालय सहसचिव ईशा श्रीवास्तवले नेतृत्व गरेका थिए । 

बैठकमा अमलेखगन्जदेखि चितवनसम्म विस्तार गर्ने भनिएको पेट्रोलियम पाइपलाइन र चितवनमा निर्माणको गृहकार्य भइरहेको पेट्रोलियम भण्डारणगृह, झापादेखि भारतको सिलगुडीसम्मको पेट्रोलियम पाइपलाइन परियोजना र रासायनिक मल कारखाना स्थापनाका लागि लखनउ–भैरहवामा प्राकृतिक ग्यास पाइपलाइन परियोजनाका विषयमा छलफल भएको थियो । मन्त्रालयकी उपसचिव उर्मिला केसीका अनुसार दुवै देशका अधिकारीबीच पेट्रोलियम पूर्वाधार बनाउने सहमति भए पनि ठोस निर्णय भएको छैन ।