
चितवनमा मतगणनाबारे छलफल गर्न सर्वदलीय बैठक जारी छ। सिडिओ र एसपी आएसँगै अहिले चितवनमा सर्वदलीय बैठक बसेको हाे। हिजो एसपी र सिडिओ नआएपछि सर्वदलीय बैठक रोकिएको थियो। बिहान ८ बजे बस्ने भनिएको बैठक ९ बजेबाट बसेको थियो।
रवि लामिछानेले निर्वाचनमा आचारसंहिता मिचेको र प्रशासनले साथ दिएको एमाले र कांग्रेसका उम्मेदवारको आरोप छ।
नेकपा एमाले नेता आस्विन घिमिरेले भने, ‘प्रशासनले रविलाई १० वटा गाडी दियो, हामीलाई दुईवटा मात्रै। रवि जहाँ–जहाँ गए, त्यहाँ मतदान नै स्थगित गर्नुपर्ने अवस्था आयो। पहिला आचारसंहिता उल्लंघनमा रविमाथि कारबाही हुनुपर्छ। उनले आचारसंहिता मान्नु नपर्ने, अरूले मान्नुपर्ने ?’
मतगणनास्थलवरपर सुरक्षा व्यवस्था अत्यधिक कडा पारिएको छ। सर्वसाधारणलाई हिँड्नसमेत रोक लगाइएको छ।
तस्बिर : विवेक पाेख्रेल/नयाँ पत्रिका