मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नेपाल र भारतका गरी तीन व्यक्तिको ज्यान लिएको नरभक्षी बाघ जावलाखेलस्थित चिडियाखानामा । तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख ११ सोमबार ०७:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नरभक्षी बाघ सदर चिडियाखानामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख ११ सोमबार ०७:२२:००

कञ्चनपुरको बेलौरीबाट नियन्त्रणमा लिइएको बाघ ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ । ९ वैशाखमा बेलौरी नगरपालिका– ८ पचुईबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई आइतबार सदर चिडियाखानास्थित बाघ खोरको होल्डिङ कोठामा राखिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीले जानकारी दिए ।

पोथी बाघ अन्दाजी पाँच वर्षको रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णयअनुसार शुक्लाफाँटा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले बाघ सदर चिडियाखाना ल्याएको हो । यो बाघले ८ वैशाखमा पचुईकी ४२ वर्षीया गंगादेवी चन्दलाई आक्रमण गरेको थियो । घटनाको २२ घन्टापछि मात्र बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघविज्ञ डा. दिनेश देवकोटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आभास श्रेष्ठसहित हात्ती परिचालन गरी डार्ट गरेर नियन्त्रणमा लिइएको थियो । चन्द मृत फेला परेकी थिइन् ।

भारतको दुधुवा राष्ट्रिय निकुञ्ज क्षेत्रनजिकै रहेको यहाँ एक महिनाअघि मात्र बाघको आक्रमणमा परी एक भारतीय र एक नेपालीको ज्यान गइसकेको छ । सोही बाघले १० चैतमा मात्र पुनर्वास नगरपालिका– १० विकास बस्तीकी कलसा सार्कीलाई आक्रमण गरेर ज्यान लिएको थियो । त्यसको दुई सातापछि भारत लखिमपुरखिरीकी एक भारतीय महिलाको पनि ज्यान लिएको थियो ।

नेपालमा सन् २००९ मा एक सय २१ बाघ रहेकामा हाल यो संख्या तीन सय ५५ पुगिसकेको छ । शुक्लाफाँटा र वरपरको क्षेत्रमा मात्र ३६ बाघ रहेको अनुमान छ । तराई क्षेत्रमा रहेको लालझाडी–मोहना, वसन्ता र ब्रह्मदेव जैविक मार्गमा बाघको विचरण बढिरहेको छ । नेपाल र भारत दुवै देशमा फैलिइएको तराई भूपरिधि क्षेत्रमा बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्वका घटना बढेका छन् ।