Skip This
नेपालगन्ज रंगशालामा एथलेटिक्सको सिन्थेटिक ट्रयाक शिलान्यास
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १० आइतबार
  • Saturday, 27 July, 2024
२o८o बैशाख १० आइतबार १४:४२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालगन्ज रंगशालामा एथलेटिक्सको सिन्थेटिक ट्रयाक शिलान्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १० आइतबार १४:४२:oo

नेपालगन्ज रंगशालामा निर्माण हुन लागेको एथलेटिक्स सेन्थेटिक ट्रयाकको शिलान्यास भएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले आइतबार सेन्थेटिक ट्रयाकको शिलान्यास गरेका हुन्।

शिलान्यास कार्यक्रममा बोल्दै सदस्यसचिव घिसिङले नेपालगन्ज रंगशालामा निर्माण हुन लागेको सेन्थेटिक ट्रयाकले पश्चिम नेपालको खेल विकास र खेलाडी उत्पादनमा टेवा पुग्ने बताए। उनले नेपालगन्ज खेलकुदको उर्वर भूमि भएको बताउँदै यसले थप सहयोग पुग्ने धारणा राखे। ‘सेन्थेटिक ट्रयाकको अभावमा एथलेटिक्सका खेलाडीले अभ्यास खेल र प्रशिक्षण गर्न पाएका थिएनन् । ट्रयाक निर्माण भएपछि खेलाडी उत्पादनमा थप बल पुग्नेछ,’ उनले भने ।

उक्त सेन्थेटिक ट्रयाक ११ महिनामा सम्पन्न गर्ने गरी काठमाडौंस्थित प्रतीक्षा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ । तोकिएको समयमा निर्माण सक्न निर्माण कम्पनीलाई निर्देशन दिइसकेको बताउँदै उनले कम्पनीले निर्धारित समयमा काम नसके सम्झौता रद्द हुने स्पष्ट पारे।

१३ करोडको टेन्डर आह्वान भए पनि प्रतीक्षा निर्माण कम्पनीले ११ करोड ६४ लाख ६४ हजार लागतमा ट्रयाक निर्माण गर्ने भएको छ। १० चैतअघि नै निर्माण कम्पनी र राष्ट्रिय खेलकुद परिषदबीच सम्झौता भइसकेको छ ।
  
निर्माण कम्पनीले १५ वैशाखदेखि निर्माणको काम थाल्ने जानकारी दिएको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताए। उनले ट्रयाक निर्माण भए एथलेटिक्सका खेलाडीलाई अभ्यासका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने जिकिर गरे।

नेपालगन्ज रंगशालामा प्यारापिटसहितको अन्तर्राष्ट्रिय मापदण्डको पौडीपोखरी, घाँसको फुटबल मैदान, अत्याधुनिक प्यारापिट, सुटिङ हल, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन कोर्ट, बास्केटबल कोर्टलगायतका खेल संरचना रहेका छन्। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल नेपालगन्ज रंगशालामा भएका थिए। तर, सेन्थेटिक ट्रयाक नहुँदा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एथलेटिक्सका खेल दाङको बेलझुण्डीमा भएका थिए।