
इन्टरनेट र आइपिटिभीका साथ सिजी नेटले ‘स्पिड दमदार प्राइस सानदार’ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत १३० एमबिपिएको ७९९ मा, २५० एमबिपिएसको १०४९ मा र ३५० एमबिपिएसको नेट १२९९ प्रतिमहिनामा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
त्यस्तै, सिजी नेटले आफ्ना ग्राहकलाई तीन लाखसम्मको दुर्घटना बिमा र सिजीका घडी, इयरफोनलगायत अन्य घरायसी सामग्रीको खरिदमा ३५ प्रतिशतसम्मको डिस्काउन्ट अफर लिएर आएको छ ।
सिजी नेटका प्रयोगकर्ताले चार लाखबराबरका यस्ता सुविधाको फाइदा उठाउन सक्नेछन् । काठमाडौंपछि विराटनगर, वीरगन्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान र दुहबीसम्म आफ्नो सुविधा पु¥याउन सिजी नेट सफल भएको कम्पनीले जनाएको छ ।
३ वैशाखमा पोखरामा भव्य उद्घाटन गर्दै सिजी नेटले हालका लागि आफ्नो विस्तार यात्रा टुंग्याएको छ । १३० एमबिपिएसको नेटलाई जनतामाझ सबैभन्दा सस्तो ७९९ मा सिजी नेटले उपलब्ध गराएको कम्पनीको दाबी छ ।