१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ८ शुक्रबार
  • Friday, 09 May, 2025
रमेश सुवेदी काठमाडौं
२o८o बैशाख ८ शुक्रबार १४:o७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सन्दीपले रचे विश्वकीर्तिमान, बने सबैभन्दा छिटो सय विकेट लिने खेलाडी 

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ८ शुक्रबार १४:o७:oo

नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले शुक्रबार आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन्।  सन्दीपले एसिसी प्रिमियर कपमा ओमानका आदिल साफिकको विकेट लिएका हुन्।

सन्दीपले ४२ खेलमा सय विकेट लिएका हुन् । यसअघि यो कीर्तिमान अफगानिस्तानका स्पिनर रसिद खानको नाममा थियो।

रसिदले २५ मार्च २०१८ मा उक्त सफलता हासिल गरेका थिए । रसिदले ४४ खेलमा सय विकेट पूरा गरेका थिए । त्यसअघि अस्ट्रेलियाका मिचेल स्टार्कले २०१६ मा ५२ खेलमा सय विकेट लिएका थिए।