१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार ११:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

युनियन लाइफले पारित गर्‍यो मर्जर प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:४८:oo

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभाले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक–आपसमा गाभ्ने–गाभिने (मर्जर)सम्बन्धी अन्तिम प्रस्ताव पारित गरेको छ । 

विशेष साधारणसभाले मर्जरपश्चात् बन्ने जीवन बिमा व्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कायम गरी उक्त नामबाट जीवन बिमा व्यवसाय सञ्चालन गर्नेसम्बन्धी प्रस्तावसमेत पारित गरेको जनाइएको छ ।

साथै, तीनवटै कम्पनीको सेयर अनुपात क्रमशः १ः१ कायम गर्ने, मर्जरसम्बन्धी कार्यका लागि गरिएको अन्तिम सम्झौतापत्र, सहमतिपत्र तथा अन्य भए–गरेका मर्जरसम्बद्ध सम्झौताको अनुमोदन गर्ने प्रस्ताव पनि पारित भएको जनाइएको छ । 

त्यस्तै, चल–अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन तयार गर्नका लागि नियुक्त लेखापरीक्षक–मूल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन, एक–आपसमा गाभ्ने–गाभिने प्रयोजनका लागि बाँकी काम कारबाही प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ  ।

ad
ad