१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ७ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ७ बिहीबार o८:१५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बालबालिकालाई ब्राइट फुटसल उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ७ बिहीबार o८:१५:oo

बालबालिकाले दोस्रो ब्राइट फ्युचर कप एसइई छात्र फुटसल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । प्रतियोगिताको फाइनलमा बालबालिकाले प्रिमियरलाई ५–२ ले पराजित गर्‍यो । बालबालिकाका शिशिर क्षेत्री र रोहन मोक्तानले समान दुई गोल गरे । प्रिमियरका सारांश पुरी र प्रतीक घतानीले एक–एक गोल फर्काए ।

च्याम्पियन बालबालिकाले ३० हजारसँगै प्रत्येक सदस्यले ब्राइट फ्युचरमा प्लस टु अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन् । उपविजेता प्रिमियरले २० हजारसँगै प्लस टु अध्ययनका लागि ७५ प्रतिशत छात्रवृत्ति पाए ।

ब्राइट फ्युचर मावि प्लस टु विभागद्वारा आयोजित प्रतियोगितामा बालबालिकाका रोहन तामाङ उत्कृष्ट खेलाडी घोषित भए । बालबालिकाकै युनिक कार्की उत्कृष्ट गोलरक्षक तथा प्रिमियरका सारांश पुरी सर्वाधिक गोलकर्ता बने । सारांशले प्रतियोगिताभर नौ गोल गरेका थिए । उत्कृष्ट खेलाडीले जनही पाँच हजार रुपैयाँसँगै प्लस टु अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति पाएका छन् । 

साबिक विजेता ग्रिन भिलेज एजुकेसन फाउन्डेसन अनुशासित टिम बन्यो । ग्रिन भिलेजका हरेक सदस्यले प्लस टु अध्ययनका लागि २५ प्रतिशत छात्रवृत्ति प्राप्त गरे । तीन दिनसम्म चलेको फुटसलमा ३० टोली सहभागी थिए ।