१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ६ बुधबार
  • Sunday, 11 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ६ बुधबार १७:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दिलेन्द्र बडूले सदनमा भने- मेरो दोहोरो नागरिकता छैन, उजुरीकर्तालाई कारबाही होस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ६ बुधबार १७:२६:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आफ्नो दोहोरो नागरिकता नरहेको प्रस्ट पारेका छन्।

उनले उजुरीकर्तालाई हदैसम्मको कारबाही गर्न पनि माग गरेका छन्। नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेलले पूर्वमन्त्रीसहित १२ जनाले दोहोरो नागरिकता लिएको भनेर बडूकोसमेत नाम राखेर गृह मन्त्रालयमा उजुरी दिएको समाचार प्रकाशित भएको थियो।

आफ्नो नामसमेत जोडेर परेको उजुरीका आधारमा सम्प्रेषित समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै बडूले प्रतिनिधिसभाको शून्य समयमा भने, ‘मेरो सन्दर्भमा यस्तो गम्भीर आरोप लगाएर पूर्णतः झुटा, आधारहीन र दुराशयपूर्ण प्रायोजित समाचारप्रति गहिरो दुःख र खेद व्यक्त गर्दछु। विरोध जनाउँदछु र घोर भर्त्सना गर्दछु। ममाथि लगाइएको उक्त आरोप पुष्टि गर्न ठाडो चुनौती दिन चाहन्छु।’

बडूले तथ्यहीन आरोप लगाउने उजुरीकर्ता पौडेललाई कारबाही गर्न मागसमेत गरेका छन्। ‘सम्प्रेषित समाचारले म एउटा जिम्मेवार नागरिकको प्रतिष्ठामा गम्भीर चोट पुर्‍याएको छ भने मैले पटकपटक आफ्नो सार्वभौम राष्ट्रको मन्त्री पदका जिम्मेवारी निभाइसकेको सन्दर्भमा मेरो देशको स्वाभिमानमाथि समेत अपूरणीय क्षति पुर्‍याउन सक्ने भएकाले यस्ता तथ्यहीन व्यहोराका उजुरीकर्ता र सत्यतथ्य खोजी नगरी स्थापित आचारसंहिताविपरीत दुराशयपूर्ण तथ्यहीन समाचार सम्प्रेषणकर्ताहरूमाथि यथाशीघ्र छानबिन गरी हदैसम्मको कानुनी कारबाही गरी पाउन र सत्यतथ्य संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण चाहन्छु,’ उनले भने।